Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

व्यवसायी सुमार्गीको पैसा नरोक्न सर्वोच्चको आदेश

व्यवसायी सुमार्गीको पैसा नरोक्न सर्वोच्चको आदेश

काठमाडौं, २४ माघ । सर्बोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको पैसा नरोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले पैसा नरोक्न अन्तरिम आदेश दिएको हो । सुमार्गीको कम्पनी स्याटलाइट टेलिकम प्रालिले हालेको मुद्दामा सर्बोच्चले यस्तो आदेश दिएको हो । अदालतको अन्तरिम आदेशपछि सुमार्गीले बिदेशबाट ल्याएको र नबिल बैंक तथा नेपाल इन्भेष्टमेन्ट बैंकमा रोकिएको करिब साढे ३ अर्ब रुपैयाँ अब उनले प्रयोग गर्न पाउने भएका छन् ।

अदालतले यो बिषयको दुबै पक्ष राखेर गम्भिर छलफल गर्ने भएको छ । यसको लागि अदालतले बृहत्तर छलफल गर्नु उपयुक्त भएको भन्दै फागुन २ गते नेपाल राष्ट्र बैंकसहितलाई उपस्थितिका लागि निर्देशन दिएको छ। अदालतले दुबै पक्षको बयान सुनेपछि आवश्यक निर्णय गर्ने अन्तरिम आदेशमा उल्लेख छ।

‘रकम रोक्का राख्दा उद्योगलाई क्षति वा हानी रहेको देखिन आएमा सम्पति शुद्धीकरण र राज्यका अधिकार प्राप्त निकायबाट छानबिन भइरहेको भए त्यसमा वाधा अड्चन नहुने गरी प्रस्तुत रकम र सोबाट हुने लाभ समेत विदेश लैजान नपाउने गरी निवेदकले माग गरेको वखत भुक्तानी दिलाउनु र खाता सञ्चालनमा अवरोध नगर्नु नगराउनु,’ अदालतको अन्तरिम आदेशमा भनिएको छ । मंगलबार, न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले बाँकी रहेको रकम रोक्नुपर्ने कुनै स्पष्ट कानूनी आधार र कारण नदेखिएको भन्दै निवेदकको मागअनुसार तत्काल भुक्तानी गराउन नरोक्नू भन्ने आदेश दिएको हो। मुक्तिश्री प्रालिले आफूले ल्याएको वैदेशिक लगानीको रकम राष्ट्र बैंकले अवैधानिक रूपमा रोकेको भन्दै फुकुवा गरिदिन मागसहित आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x