चितवनको चनौलीमा एनसीसी बैंकको शाखा

काठमाडौं, २४ माघ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले चितवनको चनौलीमा शाखा कार्यालय संचालनमा ल्याएको छ । यो बैंकको ८३ औं शाखा कार्यालय हो ।

बैंकले चालु आर्थिक वर्षको बैशाख भित्रमा आफ्नो शाखा संजाल ११२ वटा पुर्याउने लक्ष्य लिएको र सोही अनुसार शाखा विस्तारको काम भइरहेको बैंक संचालक समितिका सदस्य विष्णु धितालले जानकारी दिए ।

चितवनमा व्यवसायीक क्रियाकलापहरु अत्याधिक बढ्दै गएको कारण सो क्षेत्रको आर्थिक क्रियाकलापलाई व्यवस्थित बनाउन बैंक कोसेढुङ्गा सावित हुने विश्वास लिइएको पनि धितालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *