Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपालमा विश्व बैंकको उपक्षेत्रीय कार्यालय रहने

नेपालमा विश्व बैंकको उपक्षेत्रीय कार्यालय रहने

काठमाडौं, ५ असार । लामो समयपछि नेपालमा विश्व बैंकको उपक्षेत्रीय कार्यालय स्थापना हुने भएको छ । अहिले बंगलादेशको उपक्षेत्रीय कार्यालयले बंगलादेश, भुटान र नेपाल हेरिरहेको छ । जुलाइ १ देखि नेपालमा उपक्षेत्रीय कार्यालय काठमाडौंमा स्थापना हुनेछ । जसलाई काठमाडौं, श्रीलंका र मालदिभ्स हेर्ने जिम्मा दिइएको छ । नेपालमा अब राष्ट्रिय निर्देशक (कन्ट्रि डिरेक्टर) को पदस्थापना हुनेछ । नेपाल कार्यालयका राष्ट्रिय व्यवस्थापक फारिस हदाद जर्भोसलाई नै राष्ट्रिय निर्देशकको भूमिका दिन लागिएको विश्व बैंकले जनाएको छ । विश्व बैंकले सन् २००९ मा नेपालबाट राष्ट्रिय निर्देशक रहने व्यवस्था हटाएर ढाका ( बंगलादेश) स्थित राष्ट्रिय निर्देशकको मातहतमा राष्ट्रिय व्यवस्थापक रहने व्यवस्था गरेको थियो । श्रीलंका र मालदिभ्स चीनको छत्रछायामा रहेका मुलुक हुन् । काठमाडौंले श्रीलंका र मालदिभ्स समेत हेर्ने व्यवस्था गरेर विश्व बैंकले नयाँ सन्देश दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x