Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

लगानी बोर्डले स्वीकृत गर्यो १८५ अर्ब ४३ करोड लगानी

लगानी बोर्डले स्वीकृत गर्यो १८५ अर्ब ४३ करोड लगानी

काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न लगानी बोर्डको ४४औं बैठकले १ खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ । सात ओटा परियोजनाका लागि उक्त लगानी स्वीकृत भएको हो । यी मध्ये पाँचओटा जलविद्युत् र दुईओटा सिमेन्ट परियोजना रहेका छन् ।

अपर मस्र्याङ्दी –२ जलविद्युत् आयोजनाका लागि ७८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । ३२७ मेगावाटको अपर मस्र्याङ्दी –२का अतिरिक्त ४२.९ मेगावटको आँखु खोला जलविद्युत् आयोजनाका लागि ६ अर्ब ३० करोड, ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत् आयोजनाका लागि १० अर्ब ३१ क्रोड, ९७.२ मेगावाटको इसुवा खोला जलविद्युत् आयोजनाका लागि १३ अर्ब ५७ करोड तथा १६४ मेगावाटको कालीगण्डकी गर्ज आयोजनाका लागि २८ अर्ब ६ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

त्यस्तै, बोर्डको बैठकले दुई सिमेन्ट उद्योगहरु– दाङ सिमेन्ट इन्डस्ट्रीज परियोजनाको लागि ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट इन्डस्ट्रीज परियोजनाको १५ अर्ब ५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । बैठकले बाँके जिल्लाको कोहलपुर र कपिलवस्तु जिल्लाको वाणगंगामा सञ्चालन हुने २० मेगावट स्टोरेज क्षमताको १२५ मेगावाटका दुई छुट्छुट्टै सौर्य परियोजनाको सार्वजनिक–निजी साझेदारीमा विकास तथा सञ्चालनका लागि अध्ययन गर्न रिजन इनर्जी सिंगापुर जेभी पीटीइ लिमिटेडलाई सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय समेत गरेको छ ।

बैठकले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को महामारीका कारण काबु बाहिरको परिस्थिति (फोर्र्स मेजर) सिर्जना भएको भन्दै चाइना–नेपाल फ्रेण्डसीप पार्क , दमक, मुक्तिनाथ केबल कार, मल्टिमोडल लजिस्टिक पार्क र प्राइभेट फ्रेट टर्मिनल एण्ड बल्क ह्याण्डलिङ फेसिलिटीज् परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन पेश गर्ने समयावधि थप गर्ने निर्णय गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x