Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेप्से अझै केही समय बन्द रहने

नेप्से अझै केही समय बन्द रहने

काठमाडौं, ७ असार । धितोपत्र बजारको नियामक, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार अझै केही दिन बन्द राख्न आग्रह गरेको छ । नेपालको एकमात्र धितोपत्र कारोबार हुने निकाय नेप्से चैत १० मा सुरुमा एकसाताका लागि बन्द भएकोमा त्यसयता बन्दप्राय छ । यसअघि वैशाख ३० मा दुई घण्टाका लागि खुलेको नेप्से एकै दिन ह्वात्तै घटेपछि धितोपत्र बोर्डले बजार बन्द राखेको थियो ।
त्यसपछि स्वास्थ्य सम्बन्धि प्रोटोकल बनाएर दिनमा केही घण्टा कारोबार सञ्चालन गर्ने भनिए पनि सो हुन सकेन । ब्रोकरले भने रिमोट एक्सेसमा आधारित कारोबार गर्न सकिने बताए पनि धितोपत्र बोर्डले स्रो प्रबन्ध मिलाउन समेत निर्देशन गरेको छैन ।
यसअघि वैशाख ३० देखि धितोपत्र बोर्ड, नेप्से, सीडीएस तथा क्लीयरिङ लिमिटेड, मर्चेन्ट बैंक, निक्षेप सदस्य तथा सेयर दलालहरुबीचको बैंकले वित्तिय क्षेत्रका अन्य व्यवसाय सुचारु भएसँगै सेयर बजार दैनिक दुई घण्टा खुला गर्ने निर्णय भएको थियो । वैशाख ३० मा बिहान ११ बजेदेखि १ बजेसम्म सेयर बजार खुला राख्नेगरी कारोबार खुलाइएको थियो ।
बजार २ प्रतिशत घटबढ हुनेबित्तिकै सर्किट ब्रेकर लाग्ने त्यसपछि उक्त दिनको कारोबार बन्द हुने व्यवस्था थियो । त्यस्तै सेयरको मूल्य पनि दैनिक ३ प्रतिशतभन्दा बढी उतारचढाव हुन नदिने निर्णय भएको थियो । प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्ट गदौ अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म र कारोबार आदेश प्रविष्ट गर्दा २ प्रतिशतसम्म मात्र परिवर्तन हुने सक्ने व्यवस्था गरिएको धितोपत्र बोर्डले उल्लेख गरेको थियो ।
धितोपत्र बिक्रीको भुक्तानी अनिवार्य रुपमा विद्युतीय भुक्तानीमार्फत् गर्नुपर्ने भएको छ । त्यस्तै, लगानीकर्तालाई मेरो सेयर खाता खोली सोही खाताबाट अनिवार्य रुपमा इलेक्ट्रोनिक टिपोजिट इन्स्ट्रक्सन स्लीप मार्फत् राफसाफ गर्ने व्यवस्था भएको थियो भने २०७७ असार मसान्तसम्म मेरो सेयरमा नयाँ खाता खोल्दा निःशुल्क गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x