Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

खाद्य व्यवस्था कम्पनीसँग घट्यो खाद्यान्नको मौज्दात

खाद्य व्यवस्था कम्पनीसँग घट्यो खाद्यान्नको मौज्दात

काठमाडौं, ६ असार । लकडाउन अवधिमा निःशुल्क होमडेलिभरी सुविधा दिएर खाद्यान्न आपूर्ति गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पछिल्लो समय खाद्यान्नको मौज्दात घट्दै गएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको उक्त कम्पनीमा चामलको स्टक कम भएपछि कम्पनीले चामल खरीदका लागि गृहकार्य शुरू गरेको छ ।
खाद्यान्नको मौज्दात घट्दै गएपछि कम्पनीले १० हजार मेट्रिक टन (मेटन) चामल खरीद गर्न लकडाउनयता तीन पटकसम्म टेन्डर खुलाएको थियो । कुनै आवेदन नपरेकाले कम्पनीले हालसम्म खरीद गर्न सकेको छैन । चामल खरीदका लागि आफूहरूले नयाँ गृहकार्य थालेको कम्पनीका महानिर्देशक नेत्रप्रसाद सुवेदीको भनाइ छ । तीन विकल्पमार्फत खरीद प्रक्रिया अगाडि बढाउन छलफल शुरू गरिएको बताए ।
सो विकल्प अनुसार पहिलो जीटुजीमार्फत भारतीय बजारबाट खरीद गर्न सकिने, दोस्रो पुनः टेन्डर आह्वान गरी सामान्य खरीद प्रक्रिया र तेस्रोमा खरीद ऐनमार्फत कार्यविधि तयार गरी विभिन्न जिल्लामा समिति गठन गरी स्थानीय बजारमार्फत खरीद गर्ने तयारी रहेको कम्पनीले बताएको छ ।
विभिन्न किसिमका महामारी, भूकम्प, बाढीपहिरो आदि अवस्थाका लागि भनेर सरकारले ३३ हजार मेटन खाद्यान्न अनिवार्य रूपमा मौज्दात राख्नुपर्ने प्रावधान छ । अहिले करीब १५ हजार मेटन मात्रै मौज्दात छ । लकडाउन अघिसम्म कम्पनीसँग २६ हजार मेटन खाद्यान्न मौज्दात थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x