Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

माथिल्लो तामाकोशीको निर्माण ९९.५ प्रतिशत सम्पन्न

माथिल्लो तामाकोशीको निर्माण ९९.५ प्रतिशत सम्पन्न

काठमाडौं, ९ असार । लकडाउनमा पनि कामलाई निरन्तरता दिइएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक प्रगति हाल ९९ दशमलव ५ प्रतिशतको हाराहारीमा पुगेको हो । प्रसारण लाइन निर्माण र सबस्टेशनको काम सम्पन्न हुने चरणमा पुगेको छ । आयोजनाले अब प्रगति मापन नगरी काम सम्पन्न गर्ने लक्ष्य राखेको राससमा उल्ले छ ।
सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम यसै साता सकिने भएको छ । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको जटिल मानिएको दुई ठाडो सुरुङको कामसमेत लकडाउनको समयमा उल्लेख्य प्रगति मात्रै भएन सम्पन्न नै हुने चरणमा पुगेको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार कुल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये २२ दशमलव ५ मिटर मात्रै बाँकी छ ।
गत असारदेखि ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको थियो । वर्षदिनमा जटिल काम सम्पन्न हुन लागेको हो । कुल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङको पाइप जडान सम्पन्न भएको छ । एउटा पाइप राख्न न्यूनतम पाँच दिन लाग्ने भएकाले आगामी शुक्रवारसम्म ठाडो सुरुङमा पाइप जडानको काम सकिने बताइएको छ ।
तल्लो ठाडो सुरुङको काम अष्ट्रियन निर्माण व्यवसायी एन्ड्रिज हाइड्रोले गरेको हो । कार्यकुशलता देखाउन नसकेको भारतीय निर्माण व्यवसायी टेक्सम्याकोले लकडाउनको समयमा आफूलाई अब्बल सावित गरेको छ । प्राप्त विवरणअनुसार कुल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमध्ये हालसम्म २८७ दशमलव ५ मिटरमा पाइप जडानको काम भइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x