Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सहायता पारदर्शिता सूचकमा एडीबी पुनः पहिलो स्थानमा

सहायता पारदर्शिता सूचकमा एडीबी पुनः पहिलो स्थानमा

काठमाडौं, ११ असार । एशियाली विकास बैंक (एडीबी) सहायता पारदर्शिताको सूचकमा पहिलो स्थानमा उक्लिएको छ । सहायता पारदर्शिताबारे गरिएको एक स्वतन्त्र मापनको क्रममा एडीबी पहिलो स्थानमा देखिएको हो । यो सूचकको नेतृत्व बेलायतको गैरसरकारी संस्था पब्लिस ह्वाट यु फण्डले गरेको हो ।
सूचक अनुसार एडीबीले ९८ अंक प्राप्त गर्दै सहयता पारदर्शितामा पहिलो स्थान कायम गरेको हो । यो नतिजाले आफू गौरवान्वित भएको एडीबीका अध्यक्ष मासात्सुगु असाकावाले बताए । उनले एडीबीले सहायताको विवरणहरु गुणस्तरीय र प्रभावकारी रुपमा सार्वजनिक गर्ने कामलाई अझै सुधार गर्दै लैजाने बताएका छन् ।
एडीबी सहायता पारदर्शिता सूचकको पहिलो स्थानमा देखिएको यो दोस्रोपटक हो । सन् २०११ मा पनि एडीबी पहिलो स्थानमा थियो । यो सूचकका्े लागि सन् २०१९ को डिसेम्बरदेखि गत अप्रिलसम्मको डेटा संकलन गरिएको थियो । यी डेटाहरुलाई मापन गर्न ३५ सूचक राखिएको थियो । जसलाई पाँच समुहमा विभाजन गरिएको थियो ।
शीर्ष १० भित्र अटाएका अन्य संस्थाहरु पनि ‘धेरै राम्रो’ विधामा परेका छन् । ‘धेरै राम्रो’ विधामा पर्न कम्तीमा ८० प्रतिशत अंक ल्याउनुपर्ने हुन्छ । यो सूचकमा ४७ संस्थाहरू अटाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x