Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

देशभर २२ प्रतिशत रोपाइँ सकियो

देशभर २२ प्रतिशत रोपाइँ सकियो

काठमाडौं, १५ असार । समयमै मनसुन सक्रिय भएपछि यतिबेला देशभरका किसानहरुलाई धान रोपाईको चटारो छ। कृषि तथा पशुपन्छि विकास मन्त्रालयका अनुसार हालसम्म देशभर २२ प्रतिशत धान रोपाई सकिएको छ।

भौगोलिक अवस्थाअनुसार यस वर्ष अहिलेसम्म उच्च पहाडी क्षेत्रमा २६ दशमलव शून्य ७ प्रतिशत, मध्यपहाडमा २० दशमलव शून्य ७ प्रतिशत, तराईमा १९ दशमलव ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

मानो रोपेर मुरि फलाउने समयमा मौसमले रामै्र साथ दिएपनि रासायनिक मलको अभाव भने कृषकहरुले खेपिरहनु परेको छ ।समयमा मल उपलब्ध नहुँदा धान उत्पादनमा कमि आउने होकी भन्ने चिन्ता कृषकलाई छ । किसानहरुबाठ हरेक वर्ष मल नपाएको गुनासो आउने गर्छ । यो समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न सरकारले मल भण्डारको व्यवस्था गर्नुपर्ने धान विज्ञ डा.भोलामान सिंह बस्नेत बताउछन् ।

धानको उत्पादनमा हुने घट बढले मुलुकको कुल ग्राहस्थ उत्पादनमा समेत असर गर्ने गर्छ । हाल कुल ग्राहस्थ उत्पादनमा धानको मात्रै योग्दान ४ प्रतिशत छ । यो वर्ष गत वर्षको तुलनामा धान उत्पादनमा वृद्धि हुने अकलन छ । वर्षे सिजनमा करिब १३ लाख ७१ हजार हेक्टरमा रोपाईं हुने गरेको छ ।

गत वर्ष ५५ लाख ५० हजार ८ सय ७८ टन धान उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलनामा ५९ हजार १ सय ३३ टन कम हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x