Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आइएफसीसँग एनएमबीले लियो २.५ करोड डलर ऋण, सरकारलाई एडीबीको ३० लाख डलर अनुदान

आइएफसीसँग एनएमबीले लियो २.५ करोड डलर ऋण, सरकारलाई एडीबीको ३० लाख डलर अनुदान

काठमाडौं, १७ असार । एनएमबि बैंकले विश्व बैंक समूहको सदस्य, अन्तर्राष्ट्रिय वित्त निगमसँग पुनः ऋण लिने भएके छ । आइएफसीले एनएमबी बैंकलाई २ करोड ५० लाख अमेरिकी डलर ऋण दिने भएको हो । एनएमबि दुई बर्षको अवधिमा आइएफसीबाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ ।

उक्त समझदारीमा एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आइएफसीका एक्टिङ्ग आवासीय प्रतिनिधि सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन् । आइएफसीसँगको वित्तीय समझदारीले कोभिड १९ को कारणले आईपरेको कठिनाईहरुको बीचमा साना तथा मझौला उद्यमी वर्गको लागी आवश्यक कर्जाको आपुर्ति गर्नुको साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्नेे एनएमबी बैंकका सीईओ सुनिल केसीले बताए ।

अमेरिकी डलर दुई करोड ५० लाखको कर्जाले प्राथमिकताका क्षेत्रहरु विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरुको सशक्तिकरणमा सघाउ पु-याउन सदुपयोग गरिने बैंकले उल्लेख गरेको छ ।

सरकारलाई एडीबीको ३० लाख डलर अनुदान

एसियाली विकास बैंकले सरकारलाई कोभिड–१९ महामारीसँग जुझ्नका लागि एशिया प्रशान्त विपत्ति प्रतिकार्य कोषबाट ३० लाख अमेरिकी डलर थप अनुदान सहयोग दिएको छ । यो अनुदान जापान सरकारले आपत्कालीन सहयोगका लागि एडीबीलाई उपलब्ध गराएको रकम हो । क्वारेन्टीन सुधार र स्वदेश फर्केका प्रवासी कामदारहरुको व्यवस्थापनका लागि यो सहयोग परिचालन गरिनेछ । यसबाट प्रयोगशालाका सामग्रीहरु, औषधी र संक्रमण नियन्त्रणका लागि आवश्यक सामग्रीहरुको आपूर्तिको व्यवस्था मिलाइने एडीबीका राष्ट्रिय निर्देशक मुख्तर खामुदखानोभले उल्लेख गरेका छन् । ‘यो सहयोगले संक्रमण फैलन नदिन क्वारेन्टीनको सुधार र आवश्यक स्वास्थ्य सामग्री खरिदमा सहयोग पुग्नेछ । एडीबीले नेपाल सरकारको कोभिड–१९ नियन्त्रण पहलमार्फत् सामाजिक तथा आर्थिक क्षति न्यूनीकरण गर्ने प्रयासमा सहयोग गर्न प्रतिवद्ध छ,’ उनले भनेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x