Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

उद्योग क्षेत्रमा घट्यो लगानी प्रतिबद्धता, ११ महिनामा रू. १ खर्ब ४१ अर्बको स्वीकृति

उद्योग क्षेत्रमा घट्यो लगानी प्रतिबद्धता, ११ महिनामा रू. १ खर्ब ४१ अर्बको स्वीकृति

काठमाडौं, १७ असार । कोरोना महामारीको प्रभाव मुलुकको उद्योग क्षेत्रको लगानी प्रतिबद्धतामा पनि परेको पाइएको छ । गत आवको ११ महिनाको तुलनामा चालू आवको यसै अवधिमा उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता घटेर आएको हो । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको ११ महिना अवधिमा उद्योग क्षेत्रमा १ खर्ब ४१ अर्ब १९ करोड ४४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
स्वदेशी तथा विदेशी लगानीकर्तामार्फत २५८ वटा उद्योग स्थापनाका लागि उक्त परिमाणको लगानी प्रतिबद्धता आएको हो । गत आवको सोही अवधिमा ४१९ वटा उद्योग स्थापनाका लागि २ खर्ब ७१ अर्ब ९२ करोड ६ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।
यस आधारमा हेर्दा गत अवको पहिलो ११ महिनाको तुलनामा चालू आवको यसै अवधिमा मुलुकको उद्योग क्षेत्रमा गरिने लगानी प्रतिबद्धतामा करिब १ खर्ब ३० अर्ब १ करोड ६२ लाख रुपैयाँ कमी आएको देखिन्छ । कोभिड–१९ का विश्व अर्थतन्त्रमै परेको प्रभाव पर्दा स्वाभाविक पनि नेपालको उद्योग क्षेत्रमा आउने लगानीमा पनि असर परेको छ । यद्यपि कोरोना प्रकोप र लकडाउनकै बेला पनि लगानी प्रतिबद्धता आएको विभागले बताएको छ । यो समयमा १२ उद्योग स्थापनाका लागि करिब ९५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको जानकारी विभागले दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x