Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

तीन पटक पोजेटिभ सर्किट लागेपछि शेयर कारोबार बन्द

तीन पटक पोजेटिभ सर्किट लागेपछि शेयर कारोबार बन्द

काठमाडौं, १७ असार । शेयर बजार परिसूचक (नेप्से) ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार बन्द भएको छ। तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेपछि बजार बन्द भएको हो।

नेप्से परिसूचक ७५.७७ अंकले बढेर १३३६.५२ अंकमा उक्लिएको छ। हिजो पनि नेप्सेमा ३ पटक पोजेटिभ सर्किट ब्रेक लागेको थियो।

डेढ महिनापछि सोमबारबाट बजार खुलेको हो ।

आज १ सय ३५ कम्पनीको ४० करोड ७३ लाख रुपैयाँ बराबरको मात्र शेयर कारोबार भएको छ । नेपाल लाईफको सबैभन्दा धेरै अर्थात ६ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x