सुनको मूल्यमा नयाँ रेकर्ड, बुधवार तोलाकै रू. ९१ हजार ७००

काठमाडौं, १७ असार । नेपाली बजारमा सुनले मूल्यले बुधवार नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार ५०० रुपैयाँ बढ्दै प्रतितोला छापावाल सुन ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुन प्रतितोला ६३५ रुपैयाँ बढेर ९१ हजार ४०० रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य ।
गत सोमवार सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९० हजार ८६० रुपैयाँमा कारोबार भएको थियो । बुधवार चाँदीको मूल्य तोलामै १५ रुपैयाँ बढेर ९६० रपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *