Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

१० महिनामा रू. ४१ अर्ब ६० करोडको खाद्य तेल आयात

१० महिनामा रू. ४१ अर्ब ६० करोडको खाद्य तेल आयात

काठमाडौं, १७ असार । नेपालमा वर्षेनि खाद्य तेलको आयात बढिरहेको छ । खाद्य तेलामा आत्मनिर्भर बन्न सकिने विभिन्न आधार भए पनि सरकारको ठोस नीति तथा कार्यक्रम नहुँदा यस्ता वस्तुमा सधैं आयातकै भर पर्नुपर्ने बाध्यता छ । चालू आर्थिक वर्षको १० महिना (वैशाख मसान्तसम्म)को तथ्यांक हेर्ने हो भने नेपालमा विभिन्न प्रकारका गरी ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको खाने तेल आयात भएको देखिन्छ ।
विभागको तथ्यांक अनुसार नेपालमा विशेषगरी जाडो महिनामा खाने तेलको आयात बढी भएको पाइन्छ । चालू आवको पहिलो महिना साउनमा ३ अर्ब ५६ करोड रुपैयाँ बराबरको खाद्य तेल आयात भएकोमा जाडो याम लागेसँगै कात्तिकमा ४ अर्ब ४९ करोड, मंसिरमा ५ अर्ब २२ करोड र पुसमा ४ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ । तेलहन वस्तुको उत्पादनमा प्रोत्साहन, अनुदान, मलबीउमा सहुलियत, बीमा बजारीकरण लगायत पक्ष सरकारले विशेष व्यवस्था गर्न सके यस्ता वस्तुको उत्पादनमा नेपाल आत्मनिर्भर बन्न सक्ने विज्ञहरु औंल्याउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x