Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विश्व बैंकद्वारा मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ राष्ट्रिय निर्देशक नियुक्ति

विश्व बैंकद्वारा मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ राष्ट्रिय निर्देशक नियुक्ति

काठमाडौं, १७ असार । विश्व बैंकले फारिस हदाद जर्भोसलाई माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । आजैका मिति देखि लागू हुने गरि उनलाई राष्ट्रिय निर्देशकमा नियुक्त गरेको जनाइएको छ।

उनले काठमाडौंमा स्थित उपक्षेत्रीय कार्यालयमा रहेर माल्दिभ्स, नेपाल र श्रीलंकाको जिम्मेवारी बहन गर्ने छन् ।

यसअघि उनले नेपालका लागि विश्व बैंक कन्ट्री म्यानेजरको रूपमा काम गरेका थिए । अमेरिकी नागरिक हदाद जर्भोसले विश्व बैंकमा भर्ना भएयता मलेसिया र बोलिभियामा कन्ट्री म्यानेजरको पद सम्हाल्नुका साथै खाडी सहयोग देशहरू, इराकका लागि मिसन प्रमुख, र पश्चिमी किनार र गाजाका लागि अपरेसन प्रबन्धकको साथ प्राविधिक सहयोग कार्यक्रमको प्रबन्धकको रूपमा पनि काम गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x