Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कैलालीको मत्स्य विकास केन्द्रमा माछाका भुरा उत्पादनमा कमी

कैलालीको मत्स्य विकास केन्द्रमा माछाका भुरा उत्पादनमा कमी

विवेक नागरी
धनगढी, १७ असार । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण सुदुरपश्चिम प्रदेशका मत्स्य पालक किसानहरुलाई निकै समस्या परेको छ । देशव्यापी रुपमा गरिएको लकडाउनका कारण कैलालीको गेटामा रहेको मत्स्य विकास केन्द्रमा भुरा उत्पादनमा कमी आएको छ ।
भुरा उत्पादनका लागि चाहिने हर्मन उपलब्ध हुन नसक्दा फागुनदेखि भाद्रसम्म उत्पादन हुने भुराहरु रोकियका छन् । पहिले हरेक जातका भुराहरु सजिलै पाईने भए पनि यो बर्ष भने मत्स्य विकास केन्दमा भुराको अभाव सृजना भएको र चाहेको भुरा पाउन नसकेको किसानहरुको गुनाँसो छ ।

पछिल्ला वर्षहरूमा लक्ष्यभन्दा निकै बढी परिमाणमा भूरा उत्पादन भइरहेको भएपनि करिब ३ महिनाको लकडाउनको समयमा भुराहरुको बिक्री बितरणमा निकै कमी आयको मत्स्य विकास केन्द्रका अधिकृत निर्मल बहादुर खातीले बताए । ‘लकडाउनका कारण भारत र चीनबाट भुरा उत्पादनका लागि चाहिने हर्मन उपलब्ध हुन सकेको छैन् ।’ उनले भने, ‘त्यस कारण फागुनदेखि भाद्रसम्म उत्पादन हुने भुराहरु रोकियको हो ।’ पुरानो बाँकी रहेको भुराहरु अहिले बिक्री गरिरहेको खाती बताउँछन् ।

गत बर्षको तुलनामा यो वर्ष राजस्वमासमेत निकै कमी आएको मत्स्य विकास केन्द्रले जनाएको छ । सुदुरपश्चिम प्रदेशस्थित कैलालीको गेटामा रहेको मत्स्य विकास केन्द्रले विभिन्न प्रजातिका माछाका भूरा उत्पादन गरेर मत्स्यपालक किसानलाई बिक्री गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x