Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

साउन ६ गतेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द

साउन ६ गतेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द

काठमााडौं, १८ असार । मन्त्रिपरिषद्को निर्णय अनुसार साउन ६ गतेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द राख्न सेवा प्रदायकलाई पत्राचार गरेको छ । कोभिड–१९ को संक्रमण बढ्दो क्रममा रहेकाले सरकारले उडान बन्द राख्ने निर्णय गरेको हो । चैत ११ मा लकडाउन हुनुअघि नै अन्तर्राष्ट्रिय उडान बन्द गरिएको थियो ।

आन्तरिक वायु सेवा प्रदायकहरुले भने सुरक्षा मापदण्ड अपनाएर हवाइ सेवा सञ्चालनमा ल्याउन सकिने बताउँदै आएका छन् । लामो समयदेखि वायु सेवा बन्द रहँदा नेपाली र अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुले ठूलो घाटा व्यहोरिरहेका छन् ।

उडान बन्द गरिएको समयमा चार्टर्ड उडान, कार्गो र उद्दार (रेस्क्यु) उडान भने कायमै राखिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) का सदस्यहरुले उल्लेखित तीन थरी उडानहरुलाई रोक्न मिल्दैन । नेपालले अहिले संक्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसार वायु सेवा कम्पनीलाई उडान भर्न रोकेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x