Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अवैध गाईडिङको काम रोक्न माग गर्दै पर्यटन विभागलाई टुर्गानको ज्ञापनपत्र

अवैध गाईडिङको काम रोक्न माग गर्दै पर्यटन विभागलाई टुर्गानको ज्ञापनपत्र

काठमाडौं, २५ माघ । पर्यटन क्षेत्रमा हुने अवैधानिक गाइडिङ (पथप्रदर्शन) को काम रोक्न माग गर्दै टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागका महानिर्देशन दिनेश भट्टराईलाई ज्ञापनपत्र बुझाएको छ । टुर्गानका अध्यक्ष केदार तामाङको नेतृत्वमा गएको टोलीले आज भट्टराईलाई भेटी सो ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा गुणस्तरीय पर्यटन प्रवद्र्धनका लागि नेपालबारे सहि सूचना प्रवाह गर्नु अत्यावश्यक रहेको भन्दै पर्यटन प्रहरी परिचालन गरि अवैध गाइडिङको काम रोक्न आग्रह गरिएको छ । टुर्गानका अध्यक्ष तामाङले अवैध गाइडिङका कारण नेपालबारे अनावश्यक सन्देश विदेश प्रवाह भइरहेको र यसलाई तत्काल नरोक्ने हो भने विश्वभर नै नेपाल र नेपालका सम्पदाहरुबारे गलत सन्देश प्रवाह हुने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

ज्ञापन पत्र बुझ्दै महानिर्देशक भट्टराईले पर्यटन क्षेत्रमा हुने अवैध गाईडिङको काम रोक्न पर्यटक प्रहरीलाई निर्देशन दिए । पर्यटनमा हुने अवैध कार्यरोकि स्वास्थ्य गतिविधि संचालनका लागि सक्दो सहयोग गर्ने वाचा पनि उनले गरे । अध्यक्ष तामाङ्ग नेतृत्वको टोलीमा महासचिव बद्री नेपाल, कार्यसमिति सदस्यद्वय शंकर भट्टराई, राजेन्द्रबहादुर राई र प्रमुख कार्यकारी अधिकृत शिव अधिकारी सहभागि थिए ।

उसो त पर्यटन ऐन २०३५ र सम्बन्धित नियमावली तथा निर्देशिका बमोजिम नेपाल भ्रमाण आउने विदेशी पर्यटकले नेपालको विश्वसम्पदा क्षेत्र लगायत अन्य महत्वपूर्ण गन्तव्यको घुमफिर गर्दा कानुन त प्रमाणित टुरिष्ट गाईडबाट दृष्यावलोकन गराउनुपर्ने व्यवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x