Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुलाई गरगहनाको परिक्षण तालिम

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुलाई गरगहनाको परिक्षण तालिम

काठमाडौं, २२ असार । नेपाल सरकार, अर्थ मंन्त्रालय, भन्सार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा उक्त भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि सुन, चाँदी, हीरा तथा सुनचाँदीका गरगहना परीक्षण सम्बन्धि तालिम दिइएको छ।

५ दिने तालिम कार्यक्रम हिजो सकिएको हो । उक्त कार्यक्रममा भन्सार विभागका महानिर्देशक सुमन दाहालले नियामक निकायमा यस किसिमको गरगहना सम्बन्धि प्राविधिक तालिम पहिलो र ऐतिहासिक भएको बताउँदै देशभरीका सम्बन्धित कर्मचारीहरुलाई प्रशिक्षणको व्यवस्था गर्दै जान महासंघबाट सहयोग हुने अपेक्षा राखिएको बताए ।

सो अवसरमा कार्यालय प्रमुख शम्भु प्रसाद मरासिनिले विज्ञहरुको कमिका कारणले भंसार चेक जाँचमा जटिल समस्या आईरहेको बेला यस परिक्षण तालिमबाट समस्या समाधान हुने बताए । त्यस्तै, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले यस किसिमका तालिमहरुले निजी तथा सरकारी निकाय विच विश्वासको वातावरण सिर्जना हुने र निजी र सरकारी सहकार्यबाट नै राष्ट्रको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x