एभरेष्ट होटलका मालिक मस्कुर पक्राउ

काठमाडौं, २५ माघ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । प्रहरीले उनलाई काठमाडौंको महाराजगन्जबाट पक्राउ गरेको जानकारी दिएको छ ।

मस्कुरले ठमेलबाट नेदरल्यान्ड पठाएको पार्सल भित्र जर्मनीको फ्रयाङ्कफर्टमा लागुऔषध भेटिएपछि उनी फरार थिए। मस्कुर नेपाल प्रहरीको मस्ट वान्टेड सूचीमा थिए।

उनले केही दिनअघि मात्रै सर्वोच्च अदालतबाट एभरेष्ट होटेलको स्वामित्व सम्बन्धी मुद्दा जितेका थिए। एभरेष्ट होटेल २०७२ को भूकम्पले क्षती पुर्याएपछि बन्द छ। उनलाई आजै अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *