Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्राइम लाईफ इन्स्योरेन्सले ३२.५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने

प्राइम लाईफ इन्स्योरेन्सले ३२.५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने

काठमाडौं, २५ माघ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापूँजीको ३२.५ प्रतिशतका दरले बोनस शेयर दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

कम्पनीले दोस्रो त्रैमासको अन्त सम्ममा ११ करोड ५१ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै सो अवधीमा एक अर्ब २ करोड २६ लाख रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यसअवधिमा छ सय आठ वटा दाबीबाट १५ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x