Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, २७ असार । नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा १–१ रुपैयाँ प्रतिलिटर मूल्य बढाएको हो । सार्वजनिक यातायात समेत सञ्चालन गर्ने सरकारको घोषणापछि निगमले अघिल्लो पटक मूल्य बढाएको दश दिनमै पुनः मूल्य बढाएको हो ।
नयाँ उपभोक्ता मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर १०२ रुपैँया पुगेको छ । त्यस्तै, डिजेल र मटितेलको खुद्रा मूल्य ८८ रुपैँया प्रतिलिटर पुगेको छ । यो थानकोट (काठमाडौं), सुर्खेत र दीपायल डिपोबाट पेट्रोलियम लिने डिलरहरुका लागि तोकिएको बिक्री मूल्य हो ।
चारआली (झापा), महेन्द्रनगर, वीरगन्ज, विराटनगर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढीमा पेट्रोल, डिजेल र मटितेल काठमाडौंको भन्दा डेढ रुपैँया प्रतिलिटर सस्तो छ । त्यस्तै, पोखरा र दाङमा ५० पैसा प्रतिलिटर सस्तो छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही सुधार भई ४३.२४ डलर प्रतिब्यारेल (१५९ लिटर) पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x