सिभिल बैंक र मेटलाइफ बीच बैंकासुरेन्स सम्झौता

काठमाडौं, २५ माघ । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई अझ विस्तार गर्ने उद्देश्यले मेटलाइफसंग बैंकासुरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र मेटलाइफका महा–प्रबन्धक निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताबाट बैंकले मेटलाइफको विविध जीवन वीमा योजनाहरु विना झन्झट प्रदान गरी आफ्ना ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । साथै बैंकले यस अघि निर्जीवन वीमा सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *