महोत्तरीमा स्वास्थ्य बीमा दर्ता सुरु

काठमाडौं, २५ माघ । महोत्तरीमा स्वास्थ्य बीमा दर्ता कार्यक्रम शुरु भएको छ । आज बर्दिबासमा स्वास्थ्य बीमा बोर्डले आयोजन गरेको दर्ता शुभारम्भ कार्यक्रममा महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बर्दिवास–१ का ७४ वर्षीय लोकनाथ भट्टराईलाई स्वास्थ्य बीमा परिचयपत्र प्रदान गर्दै दर्ता कार्यक्रमको शुभारम्भ गरेका हुन ।

कार्यक्रमको शुभारम्भ गर्दै पोखरेलले संविधानले प्रत्याभूति गरेको स्वास्थ्यसम्बन्धी अधिकारको व्यावहारिक प्रयोगमा स्वास्थ्य बीमा कार्यक्रमले सघाउ पु¥याउने बताए । अहिले स्वास्थ्य क्षेत्रमा देखिएका गुणस्तर, पहुँच र व्ययभारको समस्यालाई स्वास्थ्य बीमा कार्यक्रमले सम्बोधन गर्ने उनको भनाई थियो ।

कार्यक्रममा बर्दिबास–३ की स्वास्थ्य बीमा दर्ता सहयोगी रञ्जना राईले सोही वडाका बासिन्दा पोखरेललाई बीमा परिचयपत्र उपलब्ध गराएका थिए । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा गुणराज लोहनीले अहिले बीमा दर्ता सञ्चालन भएका जिल्लाका बीमाकर्ताले २०७५ साल जेठ १ गतेदेखि नै स्वास्थ्य सेवा पाउने जानकारी दिए । जिल्लाका १५ स्थानीय तहका १३८ वडामा आजैदेखि दर्ता सहयोगी कार्यकर्ता परिचालन गरिएको छ । (रासस)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *