Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

‘भारत र चीनलाई एकअर्काको विकल्पका रुपमा लिन हुन्न’

‘भारत र चीनलाई एकअर्काको विकल्पका रुपमा लिन हुन्न’

काठमाडौं, २८ असार (पीटीआई) । नेपालले विवादीत भूमिसहित नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपाल–भारत सम्बन्धमा तनाव उत्पन्न भएको छ । दुई मुलुकबीच विवादीत विषयहरु वार्ताबाट समाधान गर्नुपर्नेमा आपसी संवादहीनताको स्थिति घातक हुने विज्ञहरुले बताएका छन् । नेपालका वरिष्ठ अर्थशास्त्री एवं साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भायरोमेन्ट (सावती) का कार्यकारी अध्यक्ष डा. पोषराज पाण्डेले नेपालले भारत या चीनलाई एक अर्काको विकल्पका रुपमा व्यवहार गर्न नहुने बताएका छन् ।
सम्बन्धमा तनाव बढ्दै जाँदा भारतले कसरी प्रतिवाद गर्छ भन्ने सवालले नेपाली अर्थतन्त्रमा त्यसको असर देखापर्ने उनको भनाए छ । भूपरिवेष्ठीत राष्ट्र नेपालले भारतको पारवहन र भारतसँगको व्यापारबिना आर्थिक गतिविधिलाई तीव्रता दिन कठिन देखिने भन्दै उनले तीन तिरबाट भारतले घेरिएको मुलुकका लागि भारतको कठोर प्रतिवादले अर्थतन्त्रमा जोखिम निम्त्याउन सक्ने उनको भनाइ छ । डा. पाण्डे अन्तर्राष्ट्रिय व्यापार र आर्थिक विकासका मुद्दाहरुमा दुई दशकदेखि अध्ययन, अनुसन्धान गरिरहेका छन् ।
नेपाल र भारतको सम्बन्ध नै यस्तो छ कि बहुपक्षीय सम्बन्धले नै सम्बन्ध खराब गर्न दिदैंन । नेपाल अत्यावश्यक वस्तुका लागि समेत भारतमामा निर्भर छ । भारतसँग नेपालको आयात दुई तिहाई छ भने चीनसँग १४ प्रतिशत मात्र छ । यस्तो अवस्थामा चीन भारतको विकल्प बन्न सक्दैन ।
‘भारतसँग व्यापारका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दक्षिणी भागमा मुख्य भन्सार र छोटी भन्सारहरु छन्, । तेश्रो मुलुकसँगको व्यापारका लागि भारतको पारवहन प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘चीनसँगको व्यापारका लागि दुईओटा स्थल नाकामध्ये एकमात्र सञ्चालनमा छ । केही सामुद्रिक र केही सुख्खा बन्दरगाह प्रयोग गर्ने सहमति भएपनि दुई मुलुकबीच पूर्वाधारको अभाव छ ।’
चीनतर्फबाट समुद्रको पहुँच ४,००० किमी टाढा छ । जुन कलकत्ताको भन्दा तीन गुणा बढी दूरी हो । जसका कारण दक्षिणी छिमेकीको पारवहन भएर तेश्रो मुलुकसँग व्यापार भैरहेको छ ।
नेपालको कुल निर्यातमध्ये भारतमा ६० प्रतिशत निर्यात हुन्छ । चीनमा दुई प्रतिशत । त्यस्तै, नेपालले कुल रेमिट्यान्सको १५ प्रतिशत भारतबाट प्राप्त गर्छ । यद्यपि, भारतका लागि पनि नेपाल रेमिट्यान्सको मुख्य स्रोत हो । सन् २०१६ को विश्व बैंकको प्रतिवेदन अनुसार भारतले बढी रेमिट्यान्स भित्र्याउने मुलुकहरुको सूचीमा नेपाल अमेरिका, क्यानडा जस्ता मुलुककै दाँजोमा पहिलो १० देशभित्र परेको देखिन्छ ।
सन् २०१९ मा नेपालले भारतबाट ४३ अर्ब १६ करोड रेमिट्यान्स भित्र्याएको थियो ।
भारतले लिपुलेक पास हुँदै चीनको मानसरोबर जोड्ने बाटो निर्माण गरेपछि नेपालले उक्त भूमी आफ्नो दाबी गर्दै भारतसँग वार्ताका लागि पत्राचार गरेको थियो । भारतले कोभिड–१९ पछि वार्ता गर्ने प्रतिक्रिया दिएपछि नेपालले भारतले वार्ता टारेको उल्लेख गर्दै संविधान संशोधान गरी राजनीतिक र प्रशासनिक कार्यका लागि लिपुलेक, लिम्पियाधुरा, कालापानी समावेश नक्सा प्रचलनमा ल्याइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x