Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अझै लयमा फर्किन सकेन पुष्प व्यवसाय

अझै लयमा फर्किन सकेन पुष्प व्यवसाय

काठमाडौं, २८ असार । ३ महिनाभन्दा लामो समयदेखि जारी लकडाउनका कारण संकटमा परेको पुष्प व्यवसायले अहिले लकडाउन खुकुलो भए पनि गति लिन सकेको छैन । सामान्यतया चैतदेखि असारसम्म पुष्प व्यवसायको व्यापारको सिजन हो । तर यही बेला भएको लकडाउनले यो व्यवसायमा ठूलो धक्का लागेको थियो । लकडाउन खुकुलो भएपछि अन्य व्यापार व्यवसाय बढ्न थाले पनि यस क्षेत्रमा भने अपेक्षित सुधार आउन नसकेको व्यवसायीले बताएका छन् । सामान्य अवस्थाको तुलनामा हाल करीब २० प्रतिशत मात्र कारोबार भएको सम्बद्ध व्यवसायीको भनाइ छ ।
लकडाउनका कारण विवाह, व्रतबन्ध, सभासम्मेलन र विभिन्न किसिमका पार्टीहरू ठप्पप्रायः हुँदाको असर पुष्प व्यवसायमा परेको नेपाल फ्लोरिकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठ बताउँछन् । ‘यस्ता गतिविधिहरू नबढेसम्म यो व्यवसाय तंग्रिन सक्दैन,’ उनले भने ।
एशोसिएशनका अनुसार करिब ६ अर्बको लगानी रहेको यो व्यवसाय देशभरका ४३ जिल्लामा फैलिएको छ । यस्तै यस क्षेत्रमा ७ सय भन्दा बढी व्यवसायी रहेको र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ४० हजार मानिसले रोजगारी पाएको बताइएको छ । तर महामारीको प्रभावका उत्पन्न विषम परिस्थितिका कारण समग्र पुष्प व्यवसायमा हाल ५० देखि ६० प्रतिशतसम्म कर्मचारी कटौती भएको अनुमान एशोसियशनको छ । पूmलखेती गर्ने किसान, कामदार र व्यवसायी काममा फर्के पनि व्यापार नभएकाले उनीहरूमा उत्साहित छैनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x