Shangrila

नबिल बैंकले सुरु गर्यो “नबिल डिजि बैंक”

काठमाडौं, २८ असार । नबिल बैंकले ३६ बर्ष पुरा भएको अवसरमा “नबिल डिजि बैंक” सुरु गरेको छ। नयाँ पुस्तालाई प्रविधितर्फ आकर्षित गर्न यो बैंक सुरु गरेको जानकारी दिइएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले नबिल डिजि बैंक नबिल बैंकको ग्राहक सेवामा समर्पित रहेको बताए । अबका दिनहरुमा सूचना प्रविधिमा आधारित रणनीतिबाट बैंकको रुपान्तरण गरि डिजिटल माध्यमबाट मार्फत सेवा दिदै जाने बताए ।

बैंकका नायब महाप्रबन्धक विनय कुमार रेग्मीको नेतृत्वमा गठित नबिल डिजि बैंक नबिलको स्थायी संरचना इकाइ रहेको र बैंकको प्रविधिमा आधारित रुपान्तरणको प्रक्रियाको प्रस्थान विन्दु भएको उनले बताए ।

laxmi_muddati_ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *