Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्से परिसूचक ९ अंकले बढ्यो, १ अर्ब ११ करोडभन्दा माथि कारोबार

नेप्से परिसूचक ९ अंकले बढ्यो, १ अर्ब ११ करोडभन्दा माथि कारोबार

काठमाडौं, २८ असार । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक ९.०२ अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक बढेर १३४०.२९ विन्दुमा रोकिएको हो । त्यस्तै आज १ अर्ब ११ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

१७९ कम्पनीको २६ लाख ७८ हजार ५०७ कित्ता शेयर खरिद विक्री भएको हो । सर्वाधिक शेयर मूल्य वृद्धि सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यो लघुवित्तको शेयर मूल्यमा ९.९९ प्रतिशत वृद्धि भएको हो । उक्त कम्पनीलको प्रतिशेयर मूल्य ८८ रुपैयाँ वृद्धि भई ९६९ रुपैयाँ कायम भएको हो ।

त्यस्तै आज सर्वाधिक शेयर मूल्य घट्नेमा तिनाउँ मिसन डेभलपमेण्ट बैंक लिमिटेड रहेको छ । यो बैंकको प्रतिशेयर मूल्य ११ घटि १८० कायम भएको छ ।

आज कारोबारमा आएका १२ समूहमध्ये ५ समूहको परिसूचकमा गिरावट आएको छ भने बाँकी समूहको परिसूचक बढेको छ । बैंकिङ समूहको ०.१ प्रतिशत, होटल समूहको ३.४८ प्रतिशत, विकास बैंक समूहको ०.२३ प्रतिशत, हाईड्रोपावर समूहको ०.०४ प्रतिशत र म्यूचुअल फण्ड समूहको ०.१४ प्रतिशत परिसूचकमा कमी आएको हो ।

त्यसैगरी उद्योग समूहको ०.१२ प्रतिशत, वित्त समूहको १ प्रतिशत, निर्जीवन बीमा समूहको १.३१ प्रतिशत, उत्पादन तथा प्रशोधान समूहको ०.६४ प्रतिशत, अन्य समूहको १.०३ प्रतिशत लघुवित्त समूहको ३.६७ प्रतिशत र जीवन बीमा समूहको २.४६ प्रतिशतले परिसूचकमा वृद्धि भएको हो ।
आज सर्वाधिक परिसूचक वृद्धि लघुवित्त समूहको भएको छ । यो समूहको ३.६७ प्रतिशत परिसूचकमा वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x