Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्र बैंकका ८ कायम मुकायम कार्यकारी निर्देशकहरुको बढुवा तथा पदस्थापन

राष्ट्र बैंकका ८ कायम मुकायम कार्यकारी निर्देशकहरुको बढुवा तथा पदस्थापन

काठमाडौं, २६ माघ । नेपाल राष्ट्र बैंकले ८ जना कायम मुकायम कार्यकारी निर्देशकहरुको बढुवा गरेको छ । केन्द्रीय बैंकमा १६ कार्यकारी निर्देशकको पद रहेकोमा ८ जना कायम मुकायम रहेका थिए । उनीहरुलाई बिहीबार पूर्ण जिम्मेवारी दिइएको हो ।
केन्द्रीय बैंकका सहप्रवक्ता राजेन्द्र प्रसाद पण्डितले ८ जना कार्यकारी निर्देशकको बढुवा तथा पदस्थापन भएको पुष्टी गरेका छन् । उनका अनुसार, नेफिल मतांगी मास्केलाई गभर्नरको कार्यालय, उपेन्द्र कुमार पौडेललाई जनशक्ति व्यवस्थापन विभाग, एजिन्द्र प्रसाद लुइँटेललाई सामान्य सेवा विभाग र भुवनेशप्रसाद पन्तलाई राष्ट्र ऋण व्यवस्थापन विभागको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, वासुदेव अधिकारीलाई वित्त कम्पनी सुपरिवेक्षण विभाग, गोपाल प्रसाद भट्टलाई वित्त व्यवस्थापन विभाग, निलम ढुंगाना (तिम्सिना) आन्तरिक लेखापरिक्षण विभाग र झलक शर्मा आचार्यलाई बैंकिंग कार्यालय थापाथलीको कार्यकारी निर्देशकमा पदस्थापन गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x