Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

दक्षिण कोरियाको क्युएस रेमिटबाट हिमालरेमिटको सेवा शुभारम्भ

दक्षिण कोरियाको क्युएस रेमिटबाट हिमालरेमिटको सेवा शुभारम्भ

काठमाडौं, २६ माघ । हिमालयन बैंक लिमिटेड र एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट) बीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भई रेमिट्यान्स कारोबार शुरु भएको छ ।

दक्षिण कोरियाको दोङ्देमुन स्थित एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट)को केन्द्रिय कार्यालयबाट नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटी र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबराको उपस्थितीमा रेमिट्यान्स कारोबारको शुभारम्भ गरिएको हो । रेमिट्यान्स सेवा शुभारम्भको अवसरमा आयोजित औपचारिक रात्रीभोजमा दक्षिण कोरियाका लागि नेपालका राजदूत अर्जुनजंग बहादुर सिंह लगायत नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर सिवाकोटी, नेपाल राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका का.मु उप–निर्देशक मीना अधिकारी, हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबरा, युमा श्रेष्ठ तथा क्युएस रेमिट दक्षिण कोरिया तर्पmबाट कम्पनी अध्यक्ष लि जोङ्ग टिइग तथा संचालक मिनसियो पार्क र अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

दक्षिण कोरियाको बैंक बाहेक रेमिट्यान्स कारोबार गर्न स्वीकृतिप्राप्त रेमिट्यान्स कम्पनी मध्ये एक क्युएस रेमिट मार्पmत नेपाल आउने विप्रेषण हिमालयन बैंकको ४७ वटै शाखा तथा आठ हजार पाँच सयभन्दा बढी हिमालरेमिट काउन्टरबाट सजिलै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x