Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सरकारले २३ अर्ब आन्तरिक ऋण उठाउँदै

सरकारले २३ अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौ., २९ असार । सरकारले २३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । मंगलबार जारी हुने यो ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

राष्ट्र बैंकले ९१ दिनको लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७७ साल असोज २७ गते परिपक्क हुनेछ । त्यस्तै, १ सय ८२ दिनको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागिएको छ । यो ट्रेजरी २०७७ साल पुस २८ गते परिपक्क हुनेछ ।

यस्तै १ वर्षका लागि ९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७८ साल असार २९ गते परिपक्क हुनेछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x