सुनको मूल्य २ सय बढ्यो
काठमाडौं, २९ असार । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापालवाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
पछिल्लो समय सुनको भाउमा सामान्य घटबढ भइरहेको छ ।
त्यसैगरी सोमबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ९ सय ९० रुपैयाँ पुगेको छ ।