Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चालू आवमा भारतबाट रू. १२ अर्ब बराबरको विद्युत् आयात

चालू आवमा भारतबाट रू. १२ अर्ब बराबरको विद्युत् आयात

काठमाडौं, २९ असार । नेपालमा जलविद्युत् आयोजना निर्माण तथा क्षमता बढ्दै गए पनि भारतबाट हुने विद्युत् आयात प्रतिस्थापन हुन भने सकेको छैन । नेपाललाई वर्षायाममा आफ्नै उत्पादनले पुग्ने र बढी भएर निर्यात समेत हुने भए पनि हिउँदमा पानी बहाव घटेर उत्पादनमा कमी हुँदा वर्षेनि भारतबाट आयात गरिरहनु परेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार चालू आवमा भारतबाट रू. १२ अर्ब बराबरको विद्युत् आयात भएको छ । कुल १ हजार ५१९ गिगावाट विद्युत् आयातका लागि उक्त रकम बाहिरिएको हो ।
जेठदेखि कात्तिकसम्म नेपालको विद्युत् भारत निर्यात हुने गरेको छ । चालू आवको पुससम्म ६८ करोडभन्दा बढीको विद्युत् निर्यात भएको प्राधिकरणले बताएको छ । भारतले नेपालबाट १३२ केभी प्रसारण लाइनमार्पmत प्रतियुनिट ९.८८ रुपैयाँमा विद्युत् किन्दै आएको छ । नेपालले सोही प्रसारण लाइनमार्पmत आउने विद्युत् पनि सोही दरमा नै आयात गर्दै आएको छ ।
नेपालबाट असार, साउन र भदौमा २०० मेगावाटभन्दा बढी विद्युत् निर्यात हुने गरेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत आयोजनाबाट उत्पादन शुरू भएमा आगामी आवमा ४०० मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिने अनुमान गरिएको छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x