सुनको मूल्य पुन उकालो तर्फ

काठमाडौं, २६ माघ । स्थानीय बजारमा पुन आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत बुद्यबार तोलाको ५७ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन हिजो भने ५ सय रुपैयाँले घटेको थियो । माघ महिना सुरु भएसँगै स्थानीय बजारमा सुनको मूल्यमा उतारचढाव आइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला सात सय ३५ रुपैयाँका दरले कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *