खाता अद्यावधिक तथा निष्क्रिय खाता बन्द गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैंकले विभिन्न सरकारी तथा अर्ध सरकारी संघ-संस्था र निकायहरुलाई खाता अध्यावधिक तथा निष्कृय खाताहरु बन्द गर्न निर्देशन दिएको छ। केन्द्रीय बैंकले सूचना जारी गर्दै आगामी आर्थिक वर्ष भित्र यस्ता खाता अद्यावधिक तथा बन्द गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले आफ्नो बैंकिङ्ग कार्यालयस्थित रहेका सरकारी, अर्ध सरकारी संघसंस्था र निकायहरुलाई आ–आफ्ना खाताहरु यथाशिघ्र अद्यावधिक गर्न तथा निष्कृय खाताहरु बन्द गर्न निर्देशन दिएको छ ।