सगरमाथा इन्स्योरेन्सको सीईओमा चंकी क्षेत्री पुनः नियुक्त

काठमाडौं, ३० असार । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चंकी क्षेत्री पुनः नियुक्त भएका छन् । क्षेत्रीलाई कम्पनीको असार २५ गते बसेको संचालक समितिको बैठकले दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
क्षेत्रको कार्यकाल असार १८ गते समाप्त भएपछि पुनः अर्को कार्यकालका लागि नियुक्त भएका हुन् । जेठ २२ गते बसेको सञ्चालक समितिको बैंठकले उनलाई पुन सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो । बीमा समितिले उनलाई सीइओ नियुक्त गर्न असार १७ मा स्वीकृति दिएपछि असार २५ गते सञ्चालक समितिको बैठक बसेर असार १८ गतेदेखि लागू हुनेगरी थप ४ वर्षका लागि नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *