Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्से परिसूचक १३४७.४४ विन्दुमा, ४ वित्तीय संस्थासहित ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

नेप्से परिसूचक १३४७.४४ विन्दुमा, ४ वित्तीय संस्थासहित ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं, ३० असार । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) पनि नेप्से परिसूक बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५.०४ अंकले वढेर १३४७.४४ विन्दुमा रोकिएको हो । हिजोको तुलनामा परिसूचक ०.३८ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै आज १८६ कम्पनीको २५ लाख ६८ हजार १२४ कित्ता शेयर ९९ करोड ४५ लाख रुपैयाँमा खरिद विक्री भएको छ । शेयर कारोबार रकम हिजोको तुलनामा करिब ९ करोड रुपैयाँले कमी हो । गत कारोबार दिन १ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।

६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंगलबार ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ४ लघुवित्त संस्थाको शेयर मूल्य र २ वटा फण्डको एकाईं मूल्यमा सकारात्मक सर्किट लागेको हो । एनआईसी एशिया व्यालेन्सिट फण्ड र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वाधिक शेयर मूल्य वृद्धि भएको छ । यी कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । त्यस्तै नविल व्यालेन्सिट फण्ड–२, नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड, घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.९० प्रतिशतभन्दा बढि वृद्धि भई सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै कारोबारमा आएका १२ समूहमध्ये ५ समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचकमा कमी आएको छ । बैंकिङ्ग समूहको ०.३६ प्रतिशत, होटल समूहको ३.७९ प्रतिशत, हाइड्रो समूहको ०.३१ प्रतिशत, लघुवित्त समूहको २.७२ प्रतिशत र म्यूचुअल फण्डको १.२३ प्रतिशत परिसूचकमा वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x