Shangrila

चोरी भएका २५ मोटरसाइकल ट्राफिक प्रहरीले धनीलाई बुझायो

काठमाडौं, ३ असार । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाको पीडित सहायता एकाइबाट सादा पोशाकमा खट्टाइएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका मोटरसाइकलहरू बन्दाबन्दीको समयमा पनि खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले बताएको छ ।
उपत्यकाका बालाजु, वसुन्धारा, मण्डिखाटार, नयाँ बजार, ठमेल, सरस्वतीनगर, सामाखुशी, ठमेल, चावहिल, कलंकी, ग्रीनल्याण्ड, हात्तीगौडा, बौद्ध, ठमेल, जरङ्खु, टोखा, वाँनियाटार, टिचिङ अस्पताल, कोटेश्वर, गौरीधारा, कोटेश्वर, कुमारीपाटी र गोकर्णेश्वर लगायत विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जिम्मा लगाएका हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *