Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

स्वीस बैंकमा प्रधानमन्त्रीको ५५ लाख डलर रहेको खबर असत्य

काठमाडौं, ३१ असार । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ग्लोबल वाच एनालिसिस नामक संस्थाको हवाला दिएर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकमा ५५ लाख अमेरिकी डलर रहेको भन्ने खबर असत्य भएको भन्दै खण्डन गरेका छन् । ग्लोबल वाच एनालिसिसको अध्ययनलाई हवाला दिएर भारतको टाइम्स अफ इण्डिया लगायत नेपाली सञ्चारमाध्यमहरुले उक्त खबरलाई प्राथमिकताका साथ प्रकाशन, प्रसारण गरिरहेका छन् ।

ग्लोबल वाच एनालिसिसले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना निकटस्थ व्यवसायी आङ छिरिङ शेर्पासँग मिलेर कम्बोडियामा दूरसञ्चार क्षेत्रमा लगानी गरेको पनि उल्लेख गरेको छ । यद्यपि, प्रधानमन्त्रीका प्रेस सल्लाहकारले यसको खण्डन गरेका छन् ।

यो घटनापछि प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाले यसको खण्डन गर्दै विज्ञप्ति जारी गरेका छन् । सल्लाहकार थापाले जारी गरेको विज्ञप्ति यसप्रकार छ ।

https://www.facebook.com/permalink.php?story_fbid=173188054187807&id=105043977668882

प्रेस नाेट
“ग्लाेबल वाच एनालाइसिस”काे हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेकाे अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठाे सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएकाे छ । स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेकाे वा यस्तै व्यहाेराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपाेलकल्पित रहेकाे स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूकाे रवैया खेदजनक छ ।

राष्ट्रिय हितकाे रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनकाे साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशाेधनजस्ताे महत्वपूर्ण निर्णयमा सिंगाे राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रकाे नेतृत्व सम्हालिरहनु भएकाे निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियाेजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेकाे प्रष्ट नै छ ।

आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारकाे भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताकाे न्यूनतम जवाफदेहिता, जिम्मेवारीबाेध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु ।

सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
३१ असार २०७७

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x