सुनको मूल्य ६ सय बढ्यो, ९२ हजार ८ सयमा कारोबार हुँदै
काठमाडौं, ३१ असार । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । गत कारोबार दिन (मंगलबार)९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा खरिद विक्री भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावि सुन प्रतितोला ७९ हजार ५ सय ६० रुपैयाँमा खरिद विक्री भईरहेकोछ । मंगलबार तेजावि सुन प्रतितोला ७९ हजार ४५ रुपैयाँमा खरिद विक्री भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ ।
हिजोको कारोबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँका दरले बढेको महासंघले उल्लेख गरेको छ । चाँदी प्रतितोला १ हजा ५ रुपैयाँमा कारोबार भईरहेको छ ।