आर्थिक वर्ष २०७५÷०७६ को उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कार मुक्तिनाथ विकास बैंकले पायो
काठमाडौं, २ साउन । आर्थिक वर्ष २०७५÷०७६ को उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कार मुक्तिनाथ विकास बैंकले प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ( आइक्यान ) ले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई यस्तो पुरस्कार प्रदान गर्दै आएको छ ।
महालेखा परीक्षक टंकमणि शर्मा दंगालले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरे ।
आइक्यानले हरेक वर्ष बैंकिङ्ग, वित्तीय, बीमा, सार्वजनिक क्षेत्र ईकाइ र सामान्य क्षेत्र गरि ५ विधामा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गर्ने संस्थालाई पुरस्कार प्रदान गर्दै आएको छ।