Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोरोना प्रभावित व्यवसायको कर्जा भुक्तानीको समय लम्ब्याईयो

कोरोना प्रभावित व्यवसायको कर्जा भुक्तानीको समय लम्ब्याईयो

काठमाडौं, २ साउन । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनले प्रभावित उद्योग, व्यवसायको कर्जा तथा ब्याज भुक्तानको समय थप गरेको छ । नेपाल राष्ट्र बैंकले २०७७–०७८ को मौद्रिक नीति सार्वजनीक गर्दै कोरोनाबाट प्रभावित पर्यटन, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार लगायतका उद्यमको कर्जा भुक्तानीको समयवधी थप गरेको हो ।

कम प्रभावित पेशा व्यवसायको असारसम्मको किस्ता २०७७ पुस मसान्तसम्ममा बुझाएमा हुने व्यवस्था गरिएको छ। त्यस्तै, मध्यम प्रभावितलाई चैत मसान्तसम्म र अति प्रभावित व्यवसायको भुक्तानी अवधी २०७८ असार मसान्तसम्म भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।

यसका अलवा अति प्रभावित क्षेत्रको हकमा आवश्यकता अनुसार कर्जा भुक्तानीको समय अझ थप गर्न सकिने जनाइएको छ ।

त्यस्तै, मूल्य मूल्य बृद्धि ७ प्रतिशत भित्र कायम गरिने उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x