Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा १५ प्रतिशत र उर्जामा १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने

वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा १५ प्रतिशत र उर्जामा १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने

काठमाडौं, २ साउन । वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा कूल कर्जाको १५ प्रतिशत लगानी गर्नुपर्ने भएको छ। कोरोना संक्रमणले प्रभावित बनेको अर्थतन्त्र पुनरुत्थानका लागि आर्थिक वर्ष २०७७–०७८ को मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले विं.सं २०८० सम्म कुल कर्जाको १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने छ ।

अहिले १० प्रतिशत कर्जा प्रवाहको व्यवस्था छ ।

त्यस्तै उर्जामा आत्मनिर्भर बन्न २०८१ असार मसान्तसम्म सम्म कुल कर्जाको १० प्रतिशत लगानी गर्नुपर्ने छ । ऊर्जा क्षेत्रको लगानी गर्नको लागि छुट्टै ऋणपत्र जारी गर्न सकिने व्यवस्था गरेको छ ।

पर्यटन तथा मझौता साना उद्यम व्यवसाय पुनरुत्थानका लागि कर्जामा प्राथमिकता दिने बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *