Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

रियल मी ६ स्मार्टफोन नेपाली बजारमा उपलब्ध

रियल मी ६ स्मार्टफोन नेपाली बजारमा उपलब्ध

काठमाडौं, ५ साउन । स्मार्टफोन ब्राण्ड रियलमीले रियलमी ६ र रियलमी ६आई स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ। रियलमी ५ प्रोको सक्सेसरका रुपमा रियलमी ६ ले क्यामेरा, डिस्प्ले र पर्फमेन्समा धेरै अपग्रेडहरु ल्याएको छ।

यसमा अधिक पर्फमेन्स, उत्कृष्ट क्यामेरा र नयाँ डिजाइन रहेको कम्पनीले जनाएको छ। नयाँ अपग्रेड गरिएको ३० वाट फ्ल्यास चार्जिंग र ४३०० एमएएच ब्याट्रीका साथ रियलमी ६ लाई एक घण्टाभित्र पूर्ण रुपमा चार्ज गर्न सकिन्छ। धेरै गेम खेल्दा पनि ३० वाट फ्ल्यास चार्जिंगले मात्र ६० मिनेटमा ५५ प्रतिशसम्म चार्ज हुन्छ ।

रियलमी ६आई मा ५००० एमएएच ब्याट्री छ। यसको सेफ्टी टेस्टले ब्याट्री र चार्जरको भित्री भागको प्रत्येक टुक्रालाई ढाक्ने र चार्ज छिट्टो हुने जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x