Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

सञ्चय कोषका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता एनआईसी एशिया बैंकबाट भुक्तानी गर्न सक्ने

सञ्चय कोषका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता एनआईसी एशिया बैंकबाट भुक्तानी गर्न सक्ने

काठमाडौं, ७ साउन । एनआईसी एशिया बैंकले कर्मचारी सञ्चय कोषबाट कर्जा उपभोग गरिरहेका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्ने गरि समझदारी गरेको छ । बैंकले आफ्नो सेवालाई डिजिटलाईजेसन गर्दै जाने योजना अनुरुप कोषसँग सम्झौता गरेको जानकारी दिएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कोषका मुख्य प्रबन्धक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन् । बैंकले नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा कोषबाट कर्जा सुविधा लिइरहेका ऋणीहरूको सुविधाका लागि यो व्यवस्था गरेको जानकारी दिएको छ । ्

हाल बैंकले ३ सय २६ शाखा कार्यालय, ४ सय ६४ एटिएम, १ सय १ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । त्यस्तै, बैंकको ग्राहक संख्या २१ लाख भन्दा बढी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x