Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

लकडाउन खुल्यो, तर जोखिम र भीडभाड हुने ठाउँ खुल्दैनन्

लकडाउन खुल्यो, तर जोखिम र भीडभाड हुने ठाउँ खुल्दैनन्

काठमाडौं, ७ साउन । सरकारले चैत ११ देखि लागू गरेको लकडाउन हटाएको छ । सरकारले विभिन्न चरणमा लकडाउन लम्ब्याउँदै लगेको थियो । लकडाउन खुला गरेपनि जोखिम बढी भएका र भीडभाड हुने क्षेत्र बन्द नै रहने अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले आजदेखि लकडाउन हटेको बताएका हुन् । यससँगै सवारी साधनमा जोर बिजोर प्रणाली पनि हटेको छ । सरकारले भदौ १ देखि अन्तर्राष्ट्रिय र आन्तरिक वायु सेवा सञ्चालन गर्ने घोषणा गरिसकेको छ । विद्यालयहरु भने भदौ १ देखि सञ्चालन गर्ने तयारी छ । सरकारले अब होटल र रेष्टँुरा पनि सञ्चालन गर्न दिने भएको छ । त्यस्तै, लामो दूरीका सार्वजनिक यातायात पनि सञ्चालनमा आउनेछन् ।

नयाँ परिस्थितिमा व्यवसाय सञ्चालन गर्दा सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्छ ।
लकडाउन खुलेकाले कोभिड–१९ को संक्रमण बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । अझै पनि भीडभाड हुने र जोखिम भएका ठाउँ बन्द नै रहनेछन् । मनोरञ्जलस्थल, सिनेमा हलहरु, बढी भीडभाड हुने धार्मिक क्षेत्र अझै बन्द नै रहनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x