Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आजबाट हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा

आजबाट हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले आजबाट एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकले साविकको एउटा हात्तीको सट्टा ‘राम र लक्ष्मण’ भनी चिनिने दुर्लभ जुम्ल्याहा हात्तीको चित्र रहेको नयाँ हजारको नोट जारी गरेको हो ।

नयाँ नोटको आकार र रंग भने पुरानै जस्तो हुनेछ । बैंकले संकेत नं.ज–६८०००००१ देखि ट–१००९९९९९९ सम्मको नोट बजारमा पठाएको राष्ट्र बैंकले जनाएको छ। यो नोटमा पूर्वगभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेका छन् ।

नयाँ नोटमा दायाँतर्फ ४ मिलिमिटर चौडाइ भएको चलायमान ‘एनआरबी’ र ‘१०००’ अंकित सुरक्षण धागो छ । दायाँतर्फ हजार दरको नोट जनाउने अंग्रेजी अंकको केही अंश छ । त्यस्तै, नोटको दायाँतर्फ लालीगुराँस र हजार दरको नोट जनाउने पानीछाप छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x