Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेपाल हस्तकला महासंघद्वारा नयाँ मौद्रिक नीतिको स्वागत

नेपाल हस्तकला महासंघद्वारा नयाँ मौद्रिक नीतिको स्वागत

काठमाडौं, ७ साउन । राष्ट्र बैंकले ल्याएको चालू आर्थिक वर्षको मौद्रिक नीतिको नेपाल हस्तकला महासंघले स्वागत गरेको छ । कोभिड–१९ बाट हस्तकला व्यवसाय नराम्ररी प्रभावित भएको अवस्थामा आएको नयाँ मौद्रिक नीतिले महासंघले दिएका विभिन्न सुझाव सम्बोधन गरेको बताइएको छ । मंगलवार एक विज्ञप्ति जारी गर्दै महासंघले अहिलेको अवस्थामा आर्थिक वर्ष २०७७÷७८ को नेपाल सरकारको बजेटमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्न सहयोगी भूमिका खेल्ने गरी व्यावहारिक विषयवस्तुहरुलाई समेत संवोधन गरी मौद्रिक नीति जारी हुनु स्वागतयोग्य भएको उल्लेख गरेको छ ।
‘मौद्रिक नीतिले मूलतः निर्यातमूलक हस्तकला उद्योग ब्यवसायलाई थोरै मात्र भए पनि सम्वोधन गरेको देखिन्छ । कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न घरेलु तथा साना उद्योगलाई सहुलियतपूर्ण ब्याजमा कर्जा ब्यवस्था गरिनु, २०७७ असार महिनासम्म भुक्तानी अवधि भएका डिमाण्ड लोन, क्यास क्रेडिट लगायतका अल्पकालीन प्रकृतिका चालू पूँजीकर्जाहरुलाई ऋणीको अवस्था विश्लेषण गरी २०७७ पौष मसान्तसम्म भुक्तानी गर्न सकिनेगरी नवीकरण गर्न सक्ने तथा कोभिड–१९ बाट कम, मध्यम र अति प्रभावित भएको पेशा÷व्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्त सम्मको साँवाको किस्ता र ब्याज रकमलाई क्रमशः २०७७ पौष मसान्त, २०७७ चैत मसान्त र २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था व्यावहारिक छ,’ जारी विज्ञप्तिमा भनिएको छ । कतिपय निर्यातकर्ताको निकासी अर्डर रद्द भएको र उत्पादित सामानहरु विक्री हुन नसकी मौज्दात रहेको अहिलेको अवस्थामा उद्यमी व्यवसायीहरुलाई यो व्यवस्थाबाट राहत पुग्नेछ ।’
यसैगरी विदेशी मुद्रा प्राप्त भएपछि नेपाली निर्यातकर्ताहरुको नाममा अग्रिम भुक्तानीको प्रमाणपत्र ९ब्मखबलअभ एबथmभलत ऋभचतषष्अबतभ०जारी गरी सक्नुपर्ने समय सीमा १ महिनाबाट वढाई ४ महिना कायम गर्ने ब्यवस्था उल्लेख भएकाले कोभिड १९ को कारण निर्यात गर्न नसकिरहेका निर्यातकर्ताहरुका लागि यो व्यवस्थाले थलिएको हस्तकला उद्योग ब्यवसायको प्रवद्र्धनमा सहयोगी भूमिका खेल्ने महासंघले अपेक्षा गरेको छ ।
नेपाली निर्यातकर्ताले सम्बन्धित निकायको स्वीकृति लिई विदेशमा विभिन्न प्रदर्शनी, व्यापारमेला आदिमा नेपाली वस्तु बिक्री गरेवापत प्राप्त नगद विदेशी मुद्रा नेपालस्थित बैंक तथा वित्तीय संस्थामा रहेको निर्यातकर्ताको विदेशी मुद्रा खातामा समेत जम्मा गर्न सकिने व्यवस्थालाई महासंघले स्वागत गरेको छ । व्यवस्थाले अन्तर्राष्ट्रिय ब्यापार मेला सहभागिताबाट आर्जित विदेशी मुद्रा बैंकमा जम्मा गर्न निर्यातकर्ता ब्यवसायीहरुलाई सजिलो हुनुका साथै हस्तकलाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा पनि सघाउ पुग्ने विश्वास महासंघको छ ।
महासंघले दिएका धेरै सुझावहरु मौद्रिक नीतिले सम्वोधन गर्न नसके तापनि समग्रमा आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिले केही हदसम्म भए पनि कोभिड–१९ बाट प्रभावित भएका हस्तकला लगायतका निर्यातमूलक उद्योग व्यवसायको जगेर्ना गर्न सहयोग पुग्ने पनि महासंघले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x