Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

वैदेशिक व्यापार घट्दा वीरगञ्जका दुवै भन्सारको राजस्व लक्ष्यभन्दा कम संकलन

वैदेशिक व्यापार घट्दा वीरगञ्जका दुवै भन्सारको राजस्व लक्ष्यभन्दा कम संकलन

वीरगञ्ज, ७ साउन । कोभिड–१९ को प्रभावका कारण गत आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापार.घट्दा राजस्व संकलनमा ठूलो धक्का लागेको छ । आयात निर्यात प्रभावित हुँदा वीरगञ्ज भन्सार र त्यहाँको सुक्खा बन्दरगाह भन्सारले गत आवमा राजस्वको निर्धारित लक्ष्य हासिल गर्न सकेका छैनन् ।
गत आर्थिक वर्षमा वीरगञ्ज भन्सारलाई १ खर्ब ८८ अर्ब रुपैयाँ राजस्व लक्ष्य तोकिएकोमा १ खर्ब २६ अर्ब रुपैयाँ मात्र संकलन भएको छ, जुन निर्धारित लक्ष्यको ६७ प्रतिशत मात्र हो । वीरगञ्ज भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा लक्ष्यको ७२ प्रतिशत राजस्व असुली गरेको थियो ।
यसैगरी वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सारले गत आर्थिक वर्षमा ३६ अर्ब १९ करोड रुपैयाँ राजस्व उठाएको छ । उक्त बन्दरगाह भन्सारले गत आर्थिक वर्षमा ४१ अर्ब ८८ करोड राजस्व संकलनको लक्ष्य पाएको थियो । कार्यालयले वार्षिक लक्ष्यको ८६ प्रतिशत राजस्व उठाएको हो । आर्थिक वर्षको अन्तिम चौमासमा कोरोना संक्रमण र यसको रोकथामका लागि गरिएको लकडाउनका कारण नेपालको वैदशेकि व्यापार घटेको र आयात प्रभावित हुँदा राजस्वको लक्ष्य हासिल हुन नसकेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x