एनआइबिएल र एस क्यापिटलको एकीकृत कारोबार सुरु

काठमाडौं, २८ माघ । एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेडले एक आपसमा गाभिएर आइतबार देखि एकीकृत कारोबार थालनी गरेका छन् । दुई कम्पनी एक आपसमा गाभिए पछि एनआइबिएल एस क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार थालनी गरेका हुन । यी दुई कम्पनीबीच गत कात्तिक २३ गते एक आपसमा गाभ्ने गाभिने सहमति भएको थियो। त्यही सहमतिअनुसार मंसिर २९ गते सम्पन्न छट्टाछुट्टै विशेष साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेको थियो।

मर्जरपछि यस कम्पनीको चुक्ता पूँजी २७ करोड रुपैयाँ पुगेको छ। मर्जरपछि बनेको संस्था सबैभन्दा धेरै चुक्ता पूँजी भएको मर्चेन्ट बैंकर बनेको छ। कम्पनीको १ लाख ४२ हजार भन्दा धेरै हितग्राही खाता र ४ वटा शाखा कार्यालय हुनेछन्। आगामी दिनमा थप थप शाखा विस्तारको तयारी गरेको छ। कम्पनीले अहिले ३८ वटा कम्पनीको शेयर रजिष्ट्रारको काम गर्दै आएको छ। यो कार्यमार्फत करिब १० लाख शेयरधनीलाई सेवा प्रदान हुने कम्पनीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *